Kathmandu Press

जनता समाजवादी पार्टी आयोगमा दर्ता, बाबुराम चौथो बरियतामा 

काठमाडौं, जेठ २६ : जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दल दर्....

जनता समाजवादी पार्टी आयोगमा दर्ता, बाबुराम चौथो बरियतामा 

काठमाडौं, जेठ २६ : जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने गरी दल दर्ता गरिएको छ ।

मधेशलाई आधार बनाउँदै राजनीति गरिरहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाललाई एकीकृत गरी जनता समाजवादी पार्टी बनाइएको हो । यसअघि डा. बाबुराम भट्टराईलाई पनि अध्यक्ष बनाउने सहमति गरिएको भएपनि  दल दर्ता गर्दा भने भट्टराईको नाम राखिएको छैन । उनलाई चौथो वरियतामा राखिएको छ ।

उनी अगाडी दुई अध्यक्ष र अशोक राई रहने छन् । भट्टराईपछिको बरियतामा राजेन्द्र महतो छन् । सरकारले मधेश केन्द्रित दल फुटाउने निहित उद्देश्य राखेर दल विभाजनमा सहज हुने अध्यादेश ल्याएलगत्तै दुई पार्टीले रातारात वैशाख १० गते पार्टी एकताको घोषणा गरेका थिए ।

एकीकृत पार्टीको कार्यकारी समितिमा ५३, राजनीतिक समिति एक सय ५१ र केन्द्रीय समितिमा सात सय एकजना रहने सहमति पनि गरिएको छ ।

प्रकाशित मिति: ०७:०४ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्