Kathmandu Press

बसहिया नाकामा सशस्त्र प्रहरीद्वारा हवाई फायर

काठमाडौं, जेठ २६ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आईतबार साँझ स्थानीयवासीले सशस्त्र प्रहर....

बसहिया नाकामा सशस्त्र प्रहरीद्वारा हवाई फायर

काठमाडौं, जेठ २६ : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आईतबार साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि  जवाफमा प्रहरीले हवाई फायर गरेको छ ।

स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।  भारतीय बजारबाट मल भित्र्याउन रोक लगाएको बहानामा सीमा क्षेत्रमा जम्मा भएका स्थानीयवासीले काममा खटिएका प्रहरीको टोलीमाथि ढुङ्गा र गुलेलीले आक्रमण गरेपछि चार राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी र्दिए ।

घटनामा ६  सशस्त्र प्रहरी घाइते भएका छन् । तिनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको  बताइएको छ । 

प्रकाशित मिति: ०६:५६ बजे, सोमबार, जेठ २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्