प्रदेश २ मा थप ८३ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ २५ : प्रदेश नम्बर २ मा थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षण....

काठमाडौं, जेठ २५ : प्रदेश नम्बर २ मा थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा प्रदेश २ मा थप ८३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा सबैभन्दा धेरै सर्लाहीमा ७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
यस्तै, महोत्तरीमा ५ जना, सिराहामा २ जना, धनुषा र रौतहटमा एक–एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: १६:२१ बजे, आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











