Kathmandu Press

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. गौतमलाई

काठमाडौं, जेठ २५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन्।

डा. गौतमलाई समन्वय महाशाखाको जिम्....

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. गौतमलाई

काठमाडौं, जेठ २५ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन्।

डा. गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ताको जिम्मेवारी दिइएको मन्त्रालयका प्रशासन प्रमुख रघुराम विष्टले जानकारी दिए। यसअघि परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका प्रमुख रहेका डा. गौतम केही दिनअघि मात्रै मन्त्रालयमा सरुवा भएर आएका हुन्।

मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ। 
 

प्रकाशित मिति: १६:१० बजे, आइतबार, जेठ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्