नेकपाले बोलायो सचिवालय बैठक, एमसीसीबारे छलफल हुने
काठमाडौं, जेठ २५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ। एमसीसीबारे छलफल गर्न सोमबार अपरान्ह ४ बजेका लागि स....

काठमाडौं, जेठ २५ : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ। एमसीसीबारे छलफल गर्न सोमबार अपरान्ह ४ बजेका लागि सचिवालय बैठक बोलाइएको हो।
एमसीसीका बारेमा नेकपाभित्रै कित्ताकाटको अवस्था छ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदको यही अधिवेशनमा एमसीसी पास गर्ने पक्षमा छन्। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरु भने एमसीसीको विरुद्धमा छन्।
खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटिमा छलफल गर्नुपर्ने माग उनीहरुको छ।
प्रकाशित मिति: १४:२० बजे, आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











