Kathmandu Press

पीसीआर रिपोर्ट आउनुअघि क्वारेन्टाइनबाट छोडिएका पाँचमा काेराेना पाेजेटिभ

महोत्तरी, जेठ २५ : कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट छोडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

....

काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा गरिएको परीक्षणको रिपोर्ट शनिबार  पोजेटिभ आएपछि उनीहरुलाई घरैबाट नियन्त्रणमा लिइएको हो।

मटिहानी नपा–७ का यालना विद्यापिठको क्वारेन्टाइनमा बस्दै आएका २१ वर्षीय पुरुष, ८ का १८ वर्षीय पुरुष, लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा बस्दै आएका वडा नं ९ का २८ वर्षीय दुई जना र प्रावि धिरापुरको क्वारेन्टाइनमा बस्दै आएका वडा नं २ का ११ वर्षीय एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरुलाई तीन दिनअघि पीसीआर परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएको थियो। उनीहरुलाई जिल्ला सदरमुकाम जलेश्वरस्थित आइसोलेशनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:१६ बजे, आइतबार, जेठ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्