बुटवलको एन्फा एकेडेमीबाट ९ संक्रमित डिस्चार्ज
काठमाडौं, जेठ २५ : बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको भवनबाट ९ जना संक्रमित डिस्चार्ज भएका छन्।
जेठ ११ गतेदेखि आइसोलेसनमा रहेका कपिल....

काठमाडौं, जेठ २५ : बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको भवनबाट ९ जना संक्रमित डिस्चार्ज भएका छन्।
जेठ ११ गतेदेखि आइसोलेसनमा रहेका कपिलवस्तु बांणगंगा नगरपालिकाका ८ वर्षीया बालिका र १९ वर्षदेखि ५३ वर्ष उमेरका ७ जना पुरुष र डिस्चार्ज भएका हुन्।
त्यस्तै, रुपन्देहीको गैडहवाका २८ वर्षीय पुरुष पनि डिस्चार्ज भएका छन्।
अस्पतालको आइसोलेसनमा उपचाररत ४१ जना उपचाररत रहेका मध्ये ९ जनाको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई डिस्चार्ज गरिएको लुम्बिनी आयुर्वेद अस्पताल बुटवलका प्रमुख डा. नलिननाथ तिवारीले बताए।
अब एन्फा एकेडेमीको आइसोलेसनमा ३२ जना संक्रमित उपचाररत छन्।
प्रकाशित मिति: १४:०५ बजे, आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











