Kathmandu Press

शिक्षामन्त्रीलाई गगनको प्रश्न- राष्ट्रपतिज्यूलाई श्री ६ बनाउने रहरचाहिँ किन पलायो?

काठमाडौं, जेठ २५ : नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठक....

शिक्षामन्त्रीलाई गगनको प्रश्न- राष्ट्रपतिज्यूलाई श्री ६ बनाउने रहरचाहिँ किन पलायो?
फाइल फोटो

काठमाडौं, जेठ २५ : नेपाली कांग्रेसका सांसद गगन थापाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममाथि प्रश्न उठाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले शिक्षाका कार्यक्रम संघीयता र संविधान विरोधी कार्यक्रम भएको टिप्पणी गरेका हुन्।

शिक्षामन्त्रीलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘माननीय शिक्षामन्त्री ज्यूलाई सम्माननीय राष्ट्रपति ज्यूलाई श्री ६ बनाउने रहरचाहिँ किन पलायो?, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम भनेर हिजो राजाले बक्सिस मारेको जस्तो राष्ट्रपतिले खुट्टा टेकेको ठाउँमा मन लाग्दा पैसा दिन पाउने कार्यक्रम संघीयता विरोधी छ, संविधान विरोधी छ, व्यवस्था विरोधी छ। ’

उनले गत वर्ष पाँच अर्ब बजेट भएको यस्तो कार्यक्रमलाई अहिलेको समयमा ६ अर्ब बजेट छुट्याएको बताए।  उनले एक शिक्षक राख्न नसकेको शिक्षक स्वयम सेवक कार्यक्रममा एक अर्ब ५० करोडबाट बढाएर दुई अरब २३ करोड रुपैयाँ बजेट दिइएको उल्लेख गरे।

प्रकाशित मिति: १२:५१ बजे, आइतबार, जेठ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्