Kathmandu Press

भारतमा एकैदिन १० हजारलाई कोरोना, नेपालसँग जाेडिएका राज्यमा पनि संक्रमण तीव्र

काठमाडौं, जेठ २५ : भारतमा एकैदिन १० हजारभन्दा बढी जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै महामारी फैलिएका देशहरुको सूचिमा भारत छैटौं नम्बरमा पु....

भारतमा एकैदिन १० हजारलाई कोरोना, नेपालसँग जाेडिएका राज्यमा पनि संक्रमण तीव्र

काठमाडौं, जेठ २५ : भारतमा एकैदिन १० हजारभन्दा बढी जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै महामारी फैलिएका देशहरुको सूचिमा भारत छैटौं नम्बरमा पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा १० हजार तीन सय ३८ जना संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमितको संख्या दुई लाख ४६ हजार ६ सय २२ पुगेको छ।

कोरोना महामारी फैलिएका देशहरुको सूचमा भारत छैटौं नम्बरमा उक्लिएको छ। इटालीलाई उछिन्दै भारत छैटौं नम्बरमा पुगेको हो।

भारतभन्दा माथि बेलायत रहेको छ। बेलायतमा संक्रमितको संख्या दुई लाख ८४ हजार ६ सय ८४ पुगेको छ। बेलायतमा ४० हजार चार सय ६५ जनाको मृत्यु भएको छ।

त्यस्तै, पहिलो नम्बरमा रहेको अमेरिकामा १९ लाख ८८ हजार पाँच सय ५४ पुगेको छ। अमेरिकामा एक लाख १२ हजार ९६ जनाले ज्यान गुमाइसकेका छन्।

महामारी फैलिएका देशहरुको सूचिमा दोस्रो नम्बरमा ब्राजिल रहेको छ। ब्राजिलमा ६ लाख ७६ हजार नौ सय ९४ जनामा कोरोना देखिएको छ भने ३६ हजार ४४ जनाको मृत्यु भएको छ।

यस्तै, तेस्रो नम्बरमा रहेको रुसमा चार लाख ५८ हजार ६ सय ८९ जनामा कोरोना देखिएको छ। रुसमा कोरोनाबाट पाँच हजार सात सय २५ जनाको मृत्यु भएको छ।

चौथो नम्बरमा रहेको स्पेनमा दुई लाख ८८ हजार तीन सय ९० जनामा कोरोना देखिएको छ। स्पेनमा अहिलेसम्म २७ हजार एक सय ३५ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या दैनिक नौ हजारका दरले थपिदै आएको छ। गत २४ घन्टामा अहिलेसम्मकै उच्च १० हजार नाघेको हो। भारतमा कोरोनाबाट ६ हजार नौ सय ४६ जनाको मृत्यु भएको छ भने आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन्।

नेपालसँग जोडिएका भारतीय राज्यमा पनि कोरोना तीव्र रुपमा बढिरहेको छ। उत्तर प्रदेशमा नौ हजार सात सय ३३, पश्चिम बंगालमा सात हजार सात सय ७८, उत्तराखण्डमा एक हजार तीन सय तीन र बिहारमा चार हजार नौ सय १५ जनामा कोरोना देखिएको छ।

नेपालमा भने अहिलेसम्म तीन हजार दुई सय १५ जनामा कोरोना देखिएको छ। कोरोनाबाट १३ जनाको मृत्यु भएको छ भने तीन सय ६५ जना निको भएका छन्।

प्रकाशित मिति: ११:३० बजे, आइतबार, जेठ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्