सीडीओलाई काठमाडाैं पुर्याएर फर्किएका सवारी चालकमा कोरोना
बर्दिया, जेठ २५ : बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल....

बर्दिया, जेठ २५ : बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ।
भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको हो। उनले दुई दिनअघि सरुवा भएका प्रजिअ प्रेमलाल लामिछानेलाई काठमाडौंँ पुर्याएर नयाँ प्रजिअ लीलाधर अधिकारीलाई काठमाडौंँबाट बर्दिया ल्याएका थिए।
सरुवा भएका प्रजिअ लामिछानेको पिसिआर नेगेटिभ देखिएको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताए। चालकलाई गुलरियास्थित जिल्ला समन्वय समितिको सभाकक्षको आइसोलेसनमा राखिएको छ।
जिल्ला प्रशासन कार्यालयका १९ जनाको पिसिआरका लागि स्वाब सङ्कलन गरिएको छ। अन्यको आज स्वाब संकलन गरिने स्वास्थ्य कार्यालयले जनाएको छ।
उनलाई कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयका सबै कर्मचारीलाई सेल्फ क्वारेन्टाइनमा राखिने जनाएको छ। कार्यालयको आन्तरिक काम भने जारी रहने प्रशासकीय अधिकृत अधिकारीले बताएश्र











