Kathmandu Press

डोटीको क्वारेन्टाइनमा युवकको मृत्यु, काेराेना परीक्षण गरिँदै

सिलगढी, जेठ २५ : डोटीको केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टाइनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ।

केआईसिंह गाउँपालिका३ का १९ वर्षी....

डोटीको क्वारेन्टाइनमा युवकको मृत्यु, काेराेना परीक्षण गरिँदै

सिलगढी, जेठ २५ : डोटीको केआइसिंह गाउँपालिका–३ स्थित क्वारेन्टाइनमा १९ वर्षीय एक युवकको मृत्यु भएको छ।

केआईसिंह गाउँपालिका३ का १९ वर्षीय युवकको आज बिहान ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी लामो समयदेखि मुटुका बिरामी थिए।
बेलाबेला मुखबाट रगत निकाल्ने, काँप्ने लक्षण देखिँदै आएको उनका बुबाले बताए।

भारतको दिल्लीबाट उनी जेठ २० गते गाउँमा पुगेपछि सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो। ‘केही वर्षदेखि छोरा रोगी थियो, खेत बेचेरसमेत भारतका विभिन्न अस्पतालमा उपचार गरेको थिएँ,' मृतकका बुबाले भने, 'क्वारेन्टाएनमा छोरालाई बिसञ्चो भएपछि भेट्न पुगेँ, म पुग्ने बित्तिकै छोरो बेहोस भई ढल्यो।'

छोरा ढलेपछि स्याहार गर्न बुबा आफैँ क्वारेन्टाइन बस्ने शर्तमा भित्र पसेका थिए। 'गाउँमा सामान्य झारफुक र पानी छम्केपछि छोरा अलि होसमा आउँथ्यो,' उनले भने।

त्यसैगरि निकाे हाेला भन्ने साेचेर स्वास्थ्यकर्मीलाई खबर गरेका थिएनन्। 'पहिले पनि यस्तै हुने हुँदा रातिको समय हामीले स्वास्थ्यकर्मी तथा जनप्रतिनिधिलाई खबर गरेनौँ, तर राति झन् च्यापेपछि शरीरमै दिसापिसाब र रगत फालेपछि बिहान ३ बजे प्राण त्याग्यो,' उनका बुवाले भने।

मृतकका बुबा पनि गए रातिदेखि क्वारेन्टाइमा बसिरहेका छन्। उनको अब कोरोना परीक्षण गरिने जनाएको छ।

प्रकाशित मिति: ०९:४७ बजे, आइतबार, जेठ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्