Kathmandu Press

कोरोना भाइरसबाट अमेरिकामा १ लाख १२ हजार वढीको मृत्यु 

काठमाडौं, जेठ २५ : कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७०६ जनाको....

कोरोना भाइरसबाट अमेरिकामा १ लाख १२ हजार वढीको मृत्यु 

काठमाडौं, जेठ २५ : कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख १२ हजार ९६ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७०६ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २१ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ लाख ८७ हजार ६८३ पुगेको छ ।

कुल संक्रमितमध्ये ७ लाख ४८ हजार २९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख २७ हजार ५७७ जनामध्ये १७ हजार २१ जनाको अवस्था गम्भीर रहेको छ ।
 

प्रकाशित मिति: ०७:०४ बजे, आइतबार, जेठ २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्