Kathmandu Press

कपिलवस्तुमा एकैदिन थपिए ४८ जना कोरोना संक्रमित

काठमाडौं, जेठ २४ : कपिलवस्तुमा थप ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तु....

कपिलवस्तुमा एकैदिन थपिए ४८ जना कोरोना संक्रमित

काठमाडौं, जेठ २४ : कपिलवस्तुमा थप ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। 

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुमा थप ४८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको कोरोना परीक्षणमा महाराजगन्ज नगरपालिकाका ३१ जना पुरुष र ६ जना महिलासहित ३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

यस्तै, बुद्धभूमि नगरपालिका–५, का दुई जना, वडा नम्बर ६ का दुई जना, यशोधरा गाउँपालिका वडा नम्बर ७ का दुई जना, विजयनगर गाउँपालिका वडा नम्बर ६ का तीन, वडा नम्बर ३ र ५ का दुई जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमितहरु ६ देखि ५५ वर्ष उमेर समूहका रहेका छन्।

योसँगै कपिलवस्तुमा मात्रै कोरोना संक्रमितको संख्या पाँच सय २३ पुगेको छ।

प्रकाशित मिति: १८:३७ बजे, शनिबार, जेठ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्