Kathmandu Press

राष्ट्रियताको संरक्षण केपी ओलीको जस्तो खोक्रो नाराले सम्भव हुँदैन : पाैडेल

काठमाडौं, जेठ २४ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राष्ट्रियताको संरक्षण प्रधानमन्त्री केपी ओलीको जस्तो खोक्रो नारा....

राष्ट्रियताको संरक्षण केपी ओलीको जस्तो खोक्रो नाराले सम्भव हुँदैन : पाैडेल

काठमाडौं, जेठ २४ :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको राष्ट्रियताको संरक्षण प्रधानमन्त्री केपी ओलीको जस्तो खोक्रो नाराले सम्भव नहुने बताएका छन्।  

सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले शनिबार आयोजना गरेको कोरोनाको संक्रमण र विश्व परिस्थिति विषयक भर्चुअल कार्यक्रममा वरिष्ठ नेता पौडेलले  राष्ट्रियताको संरक्षणका लागि छिमेकीसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने क्षमता राख्नुपर्ने बताएका हुन्।

पौडेलले कोरोनाको संक्रमणका कारण विश्वको राजनीतिले पनि नयाँ मोड लिने बताए। पौडेलले चीनको शासन व्यवस्था पारदर्शी नभएका कारण उसलाई विश्वले शंकाको दृष्टिले हेरेको भन्दै नेपालमा पनि कम्युनिष्टहरु उत्साहित भएका तर लोकतन्त्रवादी सशंकित भएको बताए।

उनले कोरोनाको संक्रमणपछि भोकमारी र बेरोजगारीबाट जोगाउन गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताएका छन्। गाउँमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको संक्रमणमा गाउँ फर्केका नागरिकलाई गाउँमै रोजगारी र गाउँमै आम्दानीको व्यवस्था गर्न आवश्यक रहेको बताए।

पौडेलले आफूले पहिलेदेखि नै भन्दै आएको आम नागरिकलाई गाउँमा नै बसौंबसौं बनाउनका लागि मौका आएको बताए। उनले अब गाउँ–गाँउमा नागरिकले शहरमा उपलब्ध गराएका सुविधा गाउँमा पुर्‍याएर नागरिकको रोजगारी र आम्दानी गाउँमा नै पाउने अवस्थाको सिर्जना गरेमात्र अर्थतन्त्र जोगाउन सकिने बताए। 

पौडेलले राज्यको भूगोलको पुर्नसंरचना भएपछि सामाजिक आर्थिक पुर्नसंरचना हुन नसकेको बताए। उनले राज्यको सामाजिक रुपमा पनि पुर्नसंरचना आवश्यक रहेको बताए। राज्यको सामाजिक रुपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारी घटना घटेको बताए।

वरिष्ठ नेता पौडेलले सामाजिक रुपान्तरणका लागि भन्दै १७ हजार मान्छे मार्ने आन्दोलनको उद्गम थलोमा जातीय विभेदका घटना तीन आन्दोलनका नायकद्वारा हुनु दुर्भाग्यपूर्ण भएको बताए। उनले १७ हजार मान्छेको ज्यान सामाजिक रुपान्तरणका लागि नभई सत्ता प्राप्तिका लागि भएको आम नागरिकको बुझाइ रहेको बताए।

प्रकाशित मिति: १८:२७ बजे, शनिबार, जेठ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्