Kathmandu Press

विदेशबाट २५ हजारलाई मात्रै होइन, आउन चाहने सबैलाई फिर्ता ल्याऊ : कांग्रेस

काठमाडौं, जेठ २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशबाट फर्कन चाहने  सबैलाई फिर्ता ल्याउन सरकारसँग माग गरेको छ।

नेपाली ....

विदेशबाट २५ हजारलाई मात्रै होइन, आउन चाहने सबैलाई फिर्ता ल्याऊ : कांग्रेस
फाइल

काठमाडौं, जेठ २४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशबाट फर्कन चाहने  सबैलाई फिर्ता ल्याउन सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागले सोमबार विज्ञप्ति जारी गरी २५ हजार मात्रै नभएर विदेशबाट आउन चाहने सबैलाई ल्याउन माग गरेको हो। विभागका प्रमुख गोविन्द भट्टराईले वैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर विदेशमा रहेका नेपालीहरुलाई फिर्ता ल्याउन पहल गर्न आग्रह गरेको र अलपत्र परेका नेपाली फिर्ता ल्याउने प्रक्रिया सुरु गरेको भन्दै सरकारलाई धन्यवाद दिएका छन्।

यद्यपी उनले विदेशबाट नेपाली ल्याउनु मात्रै उपलब्धि नभएको बताएका छन्।

‘विदेशमा अलपत्र परेका नागरिकलाई नेपाल ल्याउनु मात्रै उपलब्धि नभई अब तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गर्ने समय पनि आएको छ । कोरोना भाइरसको महामारी कहिले अन्त्य हुन्छ भन्ने अन्यौलताले हुन सक्ने आर्थिक मन्दी समेतलाई ध्यानमा राखेर विदेशमा रहेका नेपालीहरु भोलिका दिनमा ठूलो संख्यामा घर फर्कनुपर्ने अवस्था आउन पनि सक्छ,’ भट्टराईद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

कांग्रेसले तत्काल गर्नु पर्ने कामबारे सरकारलाई पाँच बुँदे सुझाब समेत दिएको छ। 

यस्तो छ सुझाव 

१.    विदेशबाट ल्याइएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबैको कोरोना भाइरस पीसीआर विधिबाट परिक्षण गरियोस् । र, विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको क्वारेन्टिन वा अन्य प्रवन्ध मिलाइयोस् । 

२.     सरकारले विभिन्न देशमा रहेका २५ हजार नेपालीलाई फिर्ता गर्ने तथ्यांक सार्वजनिक गरेको छ । विदेशका जुकसुकै पनि कुनामा रहेका नेपालीहरुलाई आफ्नो घर फर्कन पाउने अधिकार छ । तसर्थ सख्या तोक्ने होईन, आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउनु पर्छ ।

३.     आर्थिक वर्ष २०७६-७७ को सरकारको नीति तथा कार्यक्रममा विदेशमा रहेका ५ लाख नेपालीलाई स्वदेश फिर्ता गरेर रोजगारीमूलक काममा लगाउने उल्लेख गरिएको थियो । सायद त्यो कार्यन्वयन त भएन होला, तर त्यसलाई कोरोना महामारीका बेला अहिले कार्यन्वयन गर्न सकिने समय आएको छ । तसर्थ विदेशबाट फिर्ता भएका नेपालीहरुलाई रोजगारीमूलक काम दिनेगरी तत्काल विषेश कार्यक्रम घोषणा गरेर कार्यन्वयन गर्नु पर्दछ ।

४.    विदेशमा रहेर कोरोनाका कारण रोजगारी गुमाएका र नेपाल आउने खर्च जुटाउन नसक्ने नागरिकहरुलाई सरकार आफैले खर्च गरेर वा सम्वन्धित मुलुकका सरकारसँग कूटनीतिक पहल गरी उनीहरु कार्यरत कम्पनी वा सरकारको लगानीमा नेपाल ल्याउन प्रवन्ध गर्नुपर्छ । 

५.    विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुले कोभिड-१९ का कारण रोजगारी गुमाएको अवस्था छ । उनीहरुलाई अहिले अध्ययनरत कलेज तथा विश्वविद्यालयले शुल्क तिर्न ताकेता गरिरहेका छन् । रोजगारी पनि नहुने र नेपालबाट पैसा पठाउन पनि सहज नहुदा उनीहरुको विचैमा पढाई छुट्ने अवस्था आउने देखिएको छ । तसर्थ सरकारले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीलाई शुल्क तिर्नका लागि नेपालबाट पैसा पठाउने सहज प्रबन्ध मिलाउन आग्रह गर्दछु ।

प्रकाशित मिति: १५:३२ बजे, शनिबार, जेठ २४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्