Kathmandu Press

कोरोना परीक्षण निर्देशिकाको विरोधमा उत्रिए स्वास्थ्यकर्मी, ठूलो संकट आउन सक्ने चेतावनी  

काठमाडौं, जेठ २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोरोना परीक्षण निर्देशिकाको स्वास्थ्यकर्मीहरुले नै विरोध गरेका छन्। 

....
कोरोना परीक्षण निर्देशिकाको विरोधमा उत्रिए स्वास्थ्यकर्मी, ठूलो संकट आउन सक्ने चेतावनी  

काठमाडौं, जेठ २३ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोरोना परीक्षण निर्देशिकाको स्वास्थ्यकर्मीहरुले नै विरोध गरेका छन्। 

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले मन्त्रालयले जारी गरेको निर्देशिक अवैज्ञानिक भएको बताएका छन्। उनले निर्देशिकाले ठूलो संकट निम्त्याउने चेतावनी समेत दिएका छन्।  

‘स्वास्थ्य मन्त्रालयले निकालेको कोभिड परीक्षण निर्देशिका अवैज्ञानिक छ। यसले ठूलो संकट निम्त्याउनेछ,’ उनले भने। कोभिडका अरु जुनसुकै लक्षण भएपनि ज्वरो छैन भने पीसीआर परीक्षण नगर्ने व्यवस्था निर्देशिकामा छन्। जुन आफैँमा घातक सिद्ध हुने सुवेदीको भनाइ छ। 

‘ज्वरो छ, खोकी छैन वा खोकी छ, ज्वरो छैन भने पनि परीक्षण हुनुपर्छ। यो विषयमा सरकार उदार हुनैपर्छ,’ उनले भने, ‘एउटामात्रै लक्षण भएकालाई परीक्षण नगर्ने भन्ने नीति ठीक छैन।’ 

यस्तै, क्वारेन्टाइनमा बसेकालाई पीसीआर परीक्षण गर्ने र शल्यक्रियाअघि पीसीआर जाँच नगर्ने विषय समेत निर्देशिकामा उल्लेख छ। यो नीति समेत ठीक नभएको सुवेदी बताउँछन्। 

‘शल्यक्रिया गर्नुअघि लक्षण नभएको मानिसलाई सक्दा पीसीआर गर्नुपर्छ। किनभने बिरामीमा संक्रमण रहेछ भने धेरै जनालाई सर्न सक्ने सम्भावना हुन्छ,’ उनले भने, ‘संक्रमण देखिए अस्पताल बन्द गर्नुपर्छ। अस्पताल बन्द हुनै पर्छ। अधिकांशलाई लक्षण नै हुँदैन र लक्षण हुनेमध्ये पनि आधालाई सुरुमा ज्वरो हुँदैन। विशेषगरी इलेक्टिभ केसलाई शल्यक्रिया अघि परीक्षण नगर्ने हो भने नेपालको धरातलीय परिस्थितिमा थुप्रै अस्पतालहरू बन्द हुँदै जानेछन्।’

उनले क्वारेन्टाइनमा लक्षण नदेखिएको तर घर पुगेपछि मृत्यु भएका केस देखिएकाले समुदायमा कोरोना फैलिने जोखिम रहेको बताए। ‘क्वारेन्टाइनमा लाखौं मानिस छन्, सबैको परीक्षण गर्ने क्षमता हामीसँग छैन भनेर सरकारले भन्छ भने  अर्कै कुरा तर, सरकार परीक्षणमा उदार हुनैपर्छ,’उनले भने।

उनले नीति बनाउनले नै गलत आधार मानेर बनाएको आरोप लगाए। ‘नीति बनाउनेको मुख्य आधार के देखिन्छ भने नेपाल वा काठमाडौंजस्ता ठाउँमा समुदायमा फैलिएकै छैन। लक्षण नहुनेले रोग सार्न सक्दैनन् र ज्वरो छैन भने लक्षण मान्नु पर्दैन,’उनले भने। 
 

प्रकाशित मिति: १८:३५ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्