रामेछापमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि
काठमाडौं, जेठ २३ : रामेछापमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार धुलिखेलस्थित धुलिखेल अस्पतालको प्रय....

काठमाडौं, जेठ २३ : रामेछापमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार धुलिखेलस्थित धुलिखेल अस्पतालको प्रयोगशालमा गरिएका रामेछापका परीक्षणमा थप १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनका अनुसार संक्रमितहरु १५ देखि ४९ वर्ष उमेर समूहका रहेका छन्।
योसँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या २९१२ पुगेको छ। संक्रमितमध्ये ३३३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:५६ बजे, शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











