९१ जना नयाँ संक्रमित देखिएपछि दैलेखमा निषेधज्ञा जारी
दैलेख, जेठ २३ : जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ। आज (शुक्रबार) ९१ जना संक्रमित फेलापरेपछि साँझ ६ ब....

दैलेख, जेठ २३ : जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ। आज (शुक्रबार) ९१ जना संक्रमित फेलापरेपछि साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निषेधाज्ञा नारायण नगरपालिकाको पूर्वमा लोहोरेखोला, पश्चिममा छामघाट, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लु नगरपालिकाको माथिल्लो ढुगेश्वर, चुप्रा शिरिस्थान, पश्चिममा पादुकाखोला र कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र पश्चिममा पादुकाखोलासम्म जारी गरिएको जानकारी दिए। कोरोना संक्रमणको जोखिम मानिएको नारायण नगरपालिका क्षेत्रभित्र आवतजावत तथा अतिआवश्यक पर्ने सवारी साधन, औषधि, आन्तरिक सुरक्षालगायतका क्षेत्रबाहेक सम्पूर्ण कार्य बन्द गरिने जनाइएको छ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई कानूनबमोजिम कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ। साथै संक्रमणबाट जोगिन, भीडभाड नगर्न÷नगराउन, जमघटन नहुन सबैलाई प्रशासनले आग्रह गरेको छ।











