Kathmandu Press

गोरखापत्र महाप्रबन्धक उपाध्यायसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, जेठ २२ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा....

गोरखापत्र महाप्रबन्धक उपाध्यायसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं, जेठ २२ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायसहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। 

गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको आरोपमा शुक्रबार अख्तियारले महाप्रबन्धक उपाध्यायसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

अख्तियारले महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक सुशील कोइराला, पूर्व अर्थ निर्देशक राम सुन्दर चौधरी र आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रालिका सञ्चालक दीपककुमार भन्सालीविरूद्ध २६ लाख १६ हजार १० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

अख्तियारले महाप्रबन्धक उपाध्याय, पूर्वमहाप्रबन्धक कोइराला, पूर्व अर्थ निर्देशक चौधरीसँग भ्रष्टाचार गरेको रकम जफत गरी जरिवाना तिराउन पनि माग गरेको छ।

यस्तै, अख्तियारले तीन जनालाई ४ देखि ६ वर्ष सम्म र सञ्चालक भन्सालीलाई दुई वर्षसम्म कैदको माग गरेको छ।
 

प्रकाशित मिति: १५:५४ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्