Kathmandu Press

भोजपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २३ : भोजपुरको षडान्नद नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

रुपन्देहीको सुनौली नाकाबाट जेठ १३ मा ४० जनाको....

भोजपुरका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ २३ : भोजपुरको षडान्नद नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

रुपन्देहीको सुनौली नाकाबाट जेठ १३ मा ४० जनाको उद्दार गरी ल्याएर अरुण गाउँपालिका स्थित जरायोटारमा निर्माण गरिएको होल्डिङ एरियामा राखिएको थियो। जसमध्ये पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो।

होल्डिङ एरियामा राखिएको मानिसहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नर बहादुर सलामी मगरले जानकारी दिए। उनीहरु १७, १९, २९,३० र ३२ वर्षका रहेका छन्।

यससगैँ भोजपुरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।  

प्रकाशित मिति: १३:५१ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्