Kathmandu Press

गृहमन्त्रीको अभिव्यक्ति रुकुम पश्चिम घटनाको छानबिन प्रभावित गर्न प्रेरित : भुसाल 

काठमाडौं, जेट २३ : नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले रुकुम पश्चिम घटनाबारे गृहमन्त्री रामबहादुर थापा र महान्यायधिवक्ता अग्नि खरेलले दिएको अभिव्यक....

गृहमन्त्रीको अभिव्यक्ति रुकुम पश्चिम घटनाको छानबिन प्रभावित गर्न प्रेरित : भुसाल 

काठमाडौं, जेट २३ : नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले रुकुम पश्चिम घटनाबारे गृहमन्त्री रामबहादुर थापा र महान्यायधिवक्ता अग्नि खरेलले दिएको अभिव्यक्ति छानबिनलाई प्रभावित बनाउन प्रेरित रहेको आरोप लगाएकी छन्।

शुक्रबारको प्रतिनिधीसभा बैठकमा बोल्दै भुसालले गृहमन्त्रीले नवराज विक लगायतका ६ जनाले दौडिएर आफैं भेरी नदीमा पसेको अभिव्यक्ति दिएको र त्यो गलत भएको बताएकी हुन्। ‘गृहमन्त्रीले दिएको अभिव्यक्ती शंकाश्पद देखियो। उनले नवराज विक लगायत दौड्दै  भेरीमा हामफाले भन्नुभयो। अनुसन्धान बढ्दै जाँदा घटना उहाँले भने जस्तो रहेन। त्यो नरसंहार हो। हत्या भएको कुरा पोस्टमार्टमबाट पुष्टी भएको छ,’ उनले भनिन्, ‘वडाध्यक्षलगायतको अगुवाइमा हत्या भएको हो। प्रहरीलाई टुलुटुलु हेर्न बाध्य बनाइएको हो। गाँउलेले हतियार लिएर ज्यान लिएका हुन्। तर, गृहमन्त्री र महान्यायधिवक्ताको अभिव्यक्ति अनुसन्धानमा प्रभावमा पारी हल्का बनाउन प्रेरित गर्न आएको हो।’

गृहमन्त्री र महान्यायधिवक्ताको अभिव्यक्तिले प्रमुख प्रतिपक्षी दल अशांकित बनेको र घटनालाई राजनीतिकरण गर्न खोजिएको भुसालको आरोप छ। उनले रुकुम पश्चिम घटनालाई राजनीतिकरण गरेर निर्मला पन्तको घटना झैं बनाउने र अपराधी उम्काउने काम नगर्न चेतावनी समेत दिइन्।

उनले घटनाको छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग समेत गरिन्। भुसालले विशेष समिति गठन भइ कांग्रेसले सदन चल्न नदिने बताइन्। कांग्रेस सांसदहरु उठेपछि सभामुख अग्नि सापकोटाले संसदीय छानबिन समिति बनाउने घोषणा गरेका हुन्।

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्