Kathmandu Press

म्यानमारबाट २६ नेपालीको उद्दार

काठमाडौं, जेठ २३ : सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार गर्दै शुक्रबार म्यानमारबाट २६ जनालाई काठमाडौं ल्याइएको छ।

उनीहरु....

म्यानमारबाट २६ नेपालीको उद्दार
तस्बिर : रिवाज राई

काठमाडौं, जेठ २३ : सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार गर्दै शुक्रबार म्यानमारबाट २६ जनालाई काठमाडौं ल्याइएको छ।

उनीहरुलाई सरकारले बनाएको कोभिड १९ क्राइसिस म्यानेजमेन्टर सेन्टर (सीसीएमसी) को संयोजनमा उद्दार गरेर ल्याइएको हो। विमानस्थलमा उनीहरुको ७ दिन अघिसम्मको स्वास्थ्य परीक्षण गरिएको प्रमाण पत्रको जाँच गरिनेछ।

उनीहरुलाई विमानस्थलबाट नेपाली सेनाले वसुन्धारामा रहेको यति पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा लगेकाे छ। होल्डिङ सेन्टरमा उनीहरुको थप व्यक्तिगत विवरण संलकन गरिनेछ। होल्डिङ सेन्टरमा उनीहरुलाई एक रात राखेरु होम क्वारेन्टाइनमा बस्न घर पठाइने छ। म्यानमारबाट आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ भएकाले होम क्वारेन्टाइनमा पठाउन लागिएको हो।

साथै नेपाल टेलिकमले उनीहरुलाई निःशुल्क सीम कार्डसमेत वितरण गरेको छ।

प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्