Kathmandu Press

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नजिक

महोत्तरी, जेठ २३ : दिनहुँ सङ्क्रमण बढ्दै गएपछि प्रदेश २ मा कोरोना भाइरस संक्रमतिको संख्या एक हजार नजिक पुगेको छ। एक सातामा मात्रै पाँच सय संक्रमित थपि....

प्रदेश २ मा कोरोना संक्रमितको संख्या एक हजार नजिक

महोत्तरी, जेठ २३ : दिनहुँ सङ्क्रमण बढ्दै गएपछि प्रदेश २ मा कोरोना भाइरस संक्रमतिको संख्या एक हजार नजिक पुगेको छ। एक सातामा मात्रै पाँच सय संक्रमित थपिएका छन्।

प्रदेश २ स्वास्थ्य निर्देशनालयका अनुसार, बिहीबार मात्रै १०२ जनामा सङ्क्रमण पुष्टि भएको छ। योसँगै सङ्क्रमितको सङ्ख्या नौ सय ६१ पुगेको छ।

प्रदेश २ का आठ जिल्लामा जेठ तेस्रो सातामा मात्रै पाँच सय सङ्क्रमित थपिएका छन्। जेठ दोस्रो साताको अन्त्यमा पाँच सय पनि पुगेका थिएनन्। यो साता थपिएका नयाँ सङ्क्रमितमध्ये धेरैजसो भारतबाट भर्खरै घर फर्केका रहेको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए।

प्रदेशका आठ जिल्लामध्ये अहिले सबैभन्दा बढी रौतहट प्रभावित देखिएको छ। शुक्रबार बिहानसम्म प्रदेशमा सङ्क्रमण पुष्टि भएका नौ सय ६१ मध्ये रौतहटका तीन सय ८४ छन्। प्रदेशको हालसम्मको तथ्याङ्कमा रौतहटपछि क्रमशः सर्लाहीमा १४९, पर्सामा १११, धनुषामा ८८, सप्तरीमा ६९, बारामा ६७, सिरहामा ४७ र महोत्तरीमा ४३ जनामा सङ्क्रमणको पुष्टि भएको निर्देशनालयका निमित्त निर्देशक झाले बताए।

क्वारेन्टिन केन्द्रमा समुचित सुरक्षा प्रबन्ध मिल्न नसक्दा, शारीरिक दूरीको ख्याल नगरिँदा सङ्क्रमण बढेको जनाएको छ। 'प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहबाट क्वारेन्टिन व्यवस्थित सञ्चालन गर्न समन्वय त भइरहेको छ,' झाले भने, 'यद्यपि आँकलन नै नगरिएको सङ्ख्या क्वारेन्टिनमा थपिएसँगै ठाउँठाउँमा समस्या भएका छन्, आपसी समन्वयमा त्यसको व्यवस्थापन गरेर अघि बढ्नुको हामीसँग विकल्प छैन।'

प्रदेशका कैयौँ क्वारेन्टिन केन्द्रमा व्यवस्थापकीय जिम्मेवारी लिने सहयोगी हात थपिँदै जाँदा धेरै ठाउँमा राम्रो व्यवस्थापन गर्न सकिएको झाको भनाइ छ।

प्रदेशका आठवटै जिल्लाका क्वारेन्टिन केन्द्रमा स्वाब सङ्कलन कार्यलाई तीव्र बनाइएको छ। पछिल्लोपटक  बिहीबार एक हजार ३६४ को स्वाब सङ्कलन गरिएको छ। यो अहिलेसम्मको सबैभन्दा बढी संख्या हो।

पिसीआर परीक्षणका लागि हालसम्म स्वाब सङ्कलन गरिएको सङ्ख्या अब १८ हजार ८९३ पुगेको छ। यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको अन्य प्रदेशमा स्वाब सङ्कलन गरिएमध्ये तीन जनाको नतिजा पोजेटिभ र ६९ जनाको नेगेटिभ आएको झाले बताए। अझै सात हजार १६० को नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ।

प्रदेशका आठै जिल्लामा गरी अहिले क्वारेन्टिन केन्द्र थपेर ४११  बनाइएका छन्। अहिले यी केन्द्रमा ३१  हजार ११९ श्यया छन्, जसमा २२ हजार ९६१  जना रहेका छन्। यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बिहीबारसम्म सात हजार १५ छ।

प्रदेशमा आइसोलेसन श्यया बढाएर एक हजार १२८ पु¥याइएको छ। बिहीबारमात्र ४१ आइसोलेसन श्यया थपिएका हुन् । हाल आइसोलेसनमा ५९१ लाई राखिएको छ । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या १२२  पुगेको छ। बिहीबार नै १७ सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन्। (रासस)

प्रकाशित मिति: १०:२५ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्