Kathmandu Press

रुकुम घटनामा थप सात पक्राउ, एकै गाउँका २५ हिरासतमा

रुकुम पश्चिम, जेठ २३ : जातीय विभेदका कारण ६ जनाको ज्यान जाने गरि भएको रुकुम पश्चिम घटनामा थप सात जना पक्राउ परेका छन्। अहिलेसम्म पक्राउ पर्नेको संख्या....

रुकुम घटनामा थप सात पक्राउ, एकै गाउँका २५ हिरासतमा

रुकुम पश्चिम, जेठ २३ : जातीय विभेदका कारण ६ जनाको ज्यान जाने गरि भएको रुकुम पश्चिम घटनामा थप सात जना पक्राउ परेका छन्। अहिलेसम्म पक्राउ पर्नेको संख्या २५ पुगेको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बिहीबार राति ९ बजे थप सात जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २४ वर्षीय रमित पुन, २१ वर्षीय धनराज राना, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन रहेका छन्।

अनुसन्धानका क्रममा उनीहरुको पनि नाम जोडिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जनाएको छ। उनका अनुसार, उनीहरुलाई गाउँबाट पक्राउ गरिएको हो।

पीडित पक्षले २० जनाको नाममा किटानी जाहेरी दिएको थियो। त्यसमध्ये यस अघि १८ जनालाई पक्राउ गरिएको थियो। अझै दुई जना फरार रहेका छन्। उनीहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए।

यि सबै गरेर पक्राउ पर्नेको संख्या २५ पुगेको हो। उनीहरु सबै एकै गाउँ सोतीका रहेका छन्।

गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट गएका नवराज विकसहित १८ जनालाई रुकुम पश्चिमकाे चाैरजहारी नगरपालिका-८ सोतीका वासिन्दाले कुटपिट गरेका थिए। त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो। उनीहरुको शव भेरी नदीमा भेटिएको थियो।

पीडित पक्षले कुटपिट गरेर हत्या गरेपछि भेरीमा फालेको आरोप लगाउँदै आएका छन्। पीडिक पक्षले भने कुटपिट गर्दा भागेर भेरी नदीमा हाम फालेकाले मृत्यु भएको दाबी गरिरहेका छन्।

उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। यस अघि पक्राउ परेका १८ जनालाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिइएको छ।

 

प्रकाशित मिति: १०:०६ बजे, शुक्रबार, जेठ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्