पाल्पा अस्पतालका डाक्टरसहित १९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा
पाल्पा, जठ २३ : पाल्पाको युनाइटेड मिसन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि डाक्टरसहित १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा ....

पाल्पा, जठ २३ : पाल्पाको युनाइटेड मिसन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि डाक्टरसहित १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।
यही जेठ २० गते पूर्वखोला गाउँपालिका–१ सिलुवाका ४५ वर्षीय एक व्यक्तिको मृत्यु भएको थियो। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि नै उनको उपचारमा संलग्न अस्पतालका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए।
पाल्पामा सङ्क्रमित सातमध्ये पाँचजनालाई मिसन अस्पतालस्थित वृद्धाश्रमको आइसोलेसन वार्डमा राखिएको छ। अन्य दुई जना रामपुरको क्वारेन्टाइनमै रहेका छन्।
रामपुरमा ५० सय्याको आइसोलेसन कक्ष निर्माण भइरहेको छ। बुधबार कोरोना सङ्क्रमण देखा परेका दुई युवालाई अहिले सीताराम माविकै क्वारेन्टिनमा सुरक्षितसाथ राखिएको छ।
उनीहरुलाइ आज आइसोलेसन कक्षमा लगिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।











