कोरोनाबाट भारतमा ६ हजार वढीको मृत्यु
काठमाडौं, जेठ २३ : भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २७५ जनाको मृत्यु भएसँगै भार....

काठमाडौं, जेठ २३ : भारतमा कोरोना भाइरसको संक्रमणबाट हालसम्म ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २७५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३६३ पुगेको हो । यस्तै, एकै दिन ९ हजार ८८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख २६ हजार ७१३ पुगेको छ । संक्रमितमध्ये १ लाख ८ हजार ४५० जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०८:४९ बजे, शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











