Kathmandu Press

उच्च रक्तचापको कारण : एल्डोस्टेरोन हर्मोन

“एड्रिनालिन रश” बारे सबै कुरा गर्छौं। तर एड्रिनल ग्लान्डले रक्तचाप प्रभावित हुन्छ भन्ने थाहा छरु एड्रिनल ग्लान्डले उत्पादन गर्ने एल्डोस्टेरोनको मात्रा अत्य....

उच्च रक्तचापको कारण : एल्डोस्टेरोन हर्मोन

“एड्रिनालिन रश” बारे सबै कुरा गर्छौं। तर एड्रिनल ग्लान्डले रक्तचाप प्रभावित हुन्छ भन्ने थाहा छरु एड्रिनल ग्लान्डले उत्पादन गर्ने एल्डोस्टेरोनको मात्रा अत्यधिक भए रक्तचाप धेरै हुने एउटा अध्ययनले पत्ता लगाएको छ।

एल्डोस्टेरोन हर्मोनले मृगौला, र्याकल र पसिनाका ग्रन्थी, र ठूलो आन्द्रामा सोडियम सोस्ने काम गर्छ। अत्यधिक मात्रामा यसको उत्पादन भए उच्च रक्तचाप र मुटु तथा श्वासप्रश्वाससम्बन्धी रोग लाग्छ। यसलाई एल्डोस्टेरोनिजम भनिन्छ।

अध्ययन कसरी सुरू भयो ?

Hardik ivf

एन्नल्स अफ इन्टर्नल मेडिसिनमा प्रकाशित क्रस सेक्सनल अध्ययन अनुसार एल्डोस्टेरोन हर्मोन उच्चरक्तचापको सामान्य तर ध्यान नदिइएको कारण हो।

रक्तचपामा एल्डोस्टेरोनको प्रभाव बुझ्नलाई ब्रिगहम एन्ड वुमेन्स हस्पिटल, युनिभर्सिटी अफ अलाबामा, युनिभर्सिटी अफ भर्जिनिया र युनिभर्सिटी अफ युटाहाका अनुसन्धाताले विभिन्न बिरामीको अनुसन्धान गरेका थिए।

यसमा रक्तचापका विभिन्न चरणमा बिरामीको अध्ययन गरिएको थियो। अध्ययनमा एल्डोस्टेरोनको प्रभावलाई विशेष ध्यान दिइएको थियो।

अनुसन्धानको निष्कर्ष

अनुसन्धाता भन्छन्,“प्राइमरी एल्डोस्टेरोनिजमलाई रक्तचापको कारण मानिदैन थियो। तर अध्ययनले यसको प्रभाव गम्भीर हुन्छ भनेर अध्ययनले देखाएको छ।” अहिले एल्डोस्टेरोनको उत्पादनलाई निदानको विधीले खासै मान्यता दिएको छैन।

तर यसले रक्तचापमा गम्भीर प्रभाव पारेको अनुसन्धानमा देखिएको छ। त्यसैले प्राइमरी एल्डोस्टेरोनिजमलाई पुनर्प्रभाषित गरिएको छ। एल्डोस्टेरोनको हानिकारक प्रभाव रोक्ने सामान्य औषधी उपलब्ध छन्। सजिलै पनि पाइन्छन्।

तर ती औषधीको नियमित प्रयोग प्रभावकारी हुने अध्ययनले देखाएको छ। यसले उच्च रक्तचापको उपचारका साथै मुटु तथा श्वासप्रश्वासको रोग न्युनिकरण पनि सहयोग पुर्या उनेछ।
 

प्रकाशित मिति: ०७:१७ बजे, शुक्रबार, जेठ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्