Kathmandu Press

दाङमा थपिए १५ जना कोरोना संक्रमित 

काठमाडौं, जेठ २२ : दाङमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ग....

दाङमा थपिए १५ जना कोरोना संक्रमित 

काठमाडौं, जेठ २२ : दाङमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा दाङका थप १५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

संक्रमितहरु सबै घोराही उपमहानगरपालिका, बबई र बंगाचली गाउँपालिका रहेको प्रवक्ता देवकोटाले बताए। उनका अनुसार संक्रमित १६ देखि ३६ वर्ष उमेर समूहका रहेका छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २६३४ पुगेको छ। संक्रमितमध्ये २९० जना निको भएर अस्पतालबाट घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: १७:५९ बजे, बिहीबार, जेठ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्