Kathmandu Press

बाँकेमा थप ४२ जनामा कोरोनाको संक्रमण पुष्टि 

काठमाडौं, जेठ २२ : बाँकेमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको....

बाँकेमा थप ४२ जनामा कोरोनाको संक्रमण पुष्टि 
फाइल

काठमाडौं, जेठ २२ : बाँकेमा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका थप ४२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

संक्रमितहरु बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका १५ देखि ३५ वर्ष उमेर समूहका रहेका छन्।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २६३४ पुगेको छ। संक्रमितमध्ये २९० जना निको भएर अस्पतालबाट घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ। 
 

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, जेठ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्