Kathmandu Press

प्रदेश २ को प्रदेशसभाका पाँच जना मर्यादापालकमा कोरोनाको संक्रमण

काठमाडौं, जेठ २२ : प्रदेश २ को प्रदेशसभामा खटिएका पाँच जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार राष्ट्रिय जनस्व....

 प्रदेश २ को प्रदेशसभाका पाँच जना मर्यादापालकमा कोरोनाको संक्रमण

काठमाडौं, जेठ २२ : प्रदेश २ को प्रदेशसभामा खटिएका पाँच जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बिहीबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा पाँच जना प्रदेशसभामा मर्यादापालकका रुपमा खटिएका प्रहरी कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार कोरोनाको संक्रमण पुष्टि भएका पाँचै जनालाई आइसोलेसनमा राखिएको छ।

मर्यादापालकमा कोरानाको संक्रमण देखिएपछि बिहीबार दिउँसो तीन बजेका लागि बोलाइएको प्रदेशसभा पनि स्थगित भएको थियो। चौथो अधिवेशनको बैठक बस्नुअघि  सबै सांसद, कर्मचारी र प्रहरीको गरिएको स्वाब संकलनमा पाँच जनामा कोरोनाको संक्रमण देखा परेको हो।
 

प्रकाशित मिति: १७:२५ बजे, बिहीबार, जेठ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्