Kathmandu Press

स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सिंहलाई, श्रेष्ठ मन्त्रालयमा तानिए

काठमाडौं, जेठ २२ : स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. दीपेन्द्ररमण सिंहलाई दिइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त....

स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी सिंहलाई, श्रेष्ठ मन्त्रालयमा तानिए

काठमाडौं, जेठ २२ : स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. दीपेन्द्ररमण सिंहलाई दिइएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार विभागको महानिर्देशकको जिम्मेवारी डा. सिंहलाई दिएको मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले जानकारी दिए। उनका अनुसार विभागको महानिर्देशक रहेका महेन्द्र श्रेष्ठलाई मन्त्रालयमा तानिएको छ। 

यस्तै, विभागको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका निर्देशक डा. रमेश खरेललाई दिइएको छ। व्यवस्थापना महाशाखदाका निर्देशक रहेका भोगेन्द्र डोटेललाई भने मन्त्रालयमा तानिएको छ। 

 

प्रकाशित मिति: १६:१५ बजे, बिहीबार, जेठ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्