Kathmandu Press

नेपालमा तीन सातामै थपिए दुई हजार कोरोना संक्रमित

काठमाडौं, जेठ २२ : नेपालमा कोरोना भाइरस संक्रमित थपिने क्रम अन्य देशको भन्दा तिव्र देखिएको छ। गत तीन सातामै संक्रमितको संख्या दुई हजारभन्दा बढी थपिएको....

नेपालमा तीन सातामै थपिए दुई हजार कोरोना संक्रमित

काठमाडौं, जेठ २२ : नेपालमा कोरोना भाइरस संक्रमित थपिने क्रम अन्य देशको भन्दा तिव्र देखिएको छ। गत तीन सातामै संक्रमितको संख्या दुई हजारभन्दा बढी थपिएको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार, संक्रमितको संख्या दुई हजार तीन सय पुगेको छ। जसमध्ये नौ जनाको मृत्यु भएको छ भने दुई सय ७८ जना निको भएका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो पटक एक साताममै दोब्बर भएको छ।

जेठ १६ गते एक हजार दुई सय १२ रहेको कोरोना संक्रमितको संख्या अहिले दुई हजार तीन सय पुगेको हो।

त्यो भन्दा अघिल्लो साता पनि ६ दिनमै दोब्बर भएको थियो। जेठ ११ गतेसम्म संक्रमितको संख्या ६ सय तीन रहेको थियो।

त्यस अघि दुई सय ९५ बाट दोब्बर पुग्न आठ दिन लागेको थियो। जेठ ४ गते दुई सय ९५ रहेको संक्रमितको संख्या जठ ११ मा ६ सय तीन पुगेको हो।

यो अन्य देशको तुलनामा तिव्र देखिएको छ। भारतमा पनि आठ दिनदेखि १२ दिनसम्ममा दोब्बर हुँदै आएको छ।

निको हुने दर भने न्यून छ। संसारभर झण्डै ५० प्रतिशत संक्रमित निको भएका छन्।

भारतमा पनि ४५ प्रतिशतभन्दा बढी संक्रमित निको भएका छन्। नेपालमा भने १४ प्रतिशत संक्रमित मात्रै निको भएका छन्।

प्रकाशित मिति: १३:१८ बजे, बिहीबार, जेठ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्