लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, जेठ २२ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल गर्न आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भ....

काठमाडौं, जेठ २२ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा छलफल गर्न आज ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
बुधबार स्वास्थ्यविद, अर्थविद, योजनाविद्लगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिएसँगै आज बस्ने मन्त्रीपरिषद् बैठकमा पनि उक्त विषयमा छलफल हुने भएको हो।
सरकारले गत चैत ११ गतेदेखि लागु गरेको लकडाउन पछिल्लो समय म्याद थप गरी आगामी जेठ ३२ गतेसम्म लागु छ। लामो समयसम्मको लकडाउनले जनजीवन प्रधावित बन्दै गएपछि व्यापारीहरुले लकडाउन उल्लंघन गर्दै पसलहरु खोल्न थालिसकेका छन्।
प्रकाशित मिति: ११:४८ बजे, बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











