Kathmandu Press

आगलागीबाट छोरी बचाउँन खोज्दा आमाको पनि जलेर मृत्यु

धरान, जेठ २२ : सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै आगलागी हुँदा आमा र छोरीको मृत्यु भएको छ।

बिहीबार बिहान विद्युत ....

आगलागीबाट छोरी बचाउँन खोज्दा आमाको पनि जलेर मृत्यु

धरान, जेठ २२ : सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै आगलागी हुँदा आमा र छोरीको मृत्यु भएको छ।

बिहीबार बिहान विद्युत लाइन सर्ट भएर स्थानीय स्थानीय नरबहादुर श्रेष्ठको घरमा आगलागी भएको हो। आगलागी भएपछि खाना पकाउने ग्यास पनि पड्केको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार, आगलागीमा खाना पकाउने ग्यास पनि पड्किँदा धनमाया श्रेष्ठ र उनकी छोरी सीताको जलेर मृत्यु भएको छ।

आगलागी भएपछि शारीरिक रुपमा अशक्त छोरीलाई बचाउँन धनमाया घरभित्र पसेकी थिइन्। उनी घरभित्र पस्नासाथ ग्यास सिलिन्डर विस्फोट भएको स्थानीय वासिन्दाले बताए।

अशक्त छोरी घरभित्रै रहेकाले धनमाया चिच्याउन थालेकी थिइन्। स्थानीय वासिन्दाले रोक्न खोजेपनि उनी चिच्याएर छोरी बचाउँन घरभित्र पसेकी थिइन्। उनी छोरी नजिक पुग्न नपाउँदै ग्यास सिलिन्डर विस्फोट भएको स्थानीय वासिन्दाले बताए।

दुवै जनाको घटनास्थलमै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीय वासिन्दा र उपमहानगरको दकमलले आगो नियन्त्रणमा लिएका छन्। दुई घन्टा लगाएर आगो नियन्त्रणमा आएको जनाएको छ। आगलागीमा घरका सरसामान जलेका छन्।

प्रकाशित मिति: ११:४२ बजे, बिहीबार, जेठ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्