Kathmandu Press

नेपालमा पनि निसर्ग चक्रवातको प्रभाव, देशभर वर्षाको सम्भावना

काठमाडौं, जेठ २२ : चक्रवात ‘निसर्ग’को प्रभाव नेपालमा पनि पर्ने भएको छ। जसले गर्दा आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाए....

नेपालमा पनि निसर्ग चक्रवातको प्रभाव, देशभर वर्षाको सम्भावना

काठमाडौं, जेठ २२ : चक्रवात ‘निसर्ग’को प्रभाव नेपालमा पनि पर्ने भएको छ। जसले गर्दा आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको निसर्ग चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा पनि पर्नेछ। यसको असर नेपालमा शुक्रबार र शनिबार बढी हुने मौसमविद् शान्ति कँडेलले बताइन्।

नेपालको अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा गराउनुको साथै उच्च पहाडी तथा हिमाली भूभागमा यसले हिमपात गराउने सम्भावना छ, मौसमविद् कँडेलले भनिन्।

भारतमा बुधबारदेखि प्रवेश गरेको निसर्ग चक्रवातको प्रभाव अमपुनको तुलनामा नेपालमा बढी देखिने मौसमविद्को अनुमान छ। निसर्ग चक्रवात हाल भारतको अलिवाग नजिकै मुम्बइबाट ७५ किमी र पुणेबाट ६५ किमी टाढा रहेको छ।

त्यसपछि यो चक्रवात क्रमशः कमजोर बन्दै उत्तरपूर्वी दिशातर्फ मोडिने सम्भावना रहेको छ। यस चक्रवातको अप्रत्यक्ष प्रभाव नेपालमा परिसकेको छ।

देशको खासगरी मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा बदली रही केही ठाउँमा हल्का वा मध्यम वर्षा भएको छ। यो क्रम शुक्रबार र शनिबार पनि जारी रहने विभागले जनाएको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश नं ५ मा पूर्ण बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेश र प्रदेश ५ का धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ। शनिबार प्रदेश १, प्रदेश २, बागमती प्रदेशका केही र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएकाे छ।

प्रकाशित मिति: ११:१० बजे, बिहीबार, जेठ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्