Kathmandu Press

यमपञ्चकमा विदेशी कूटनीतिक नियोगको शुभकामना

नेपालस्थित अमेरिकी, बेलायती, चिनियाँ, भारतीय, जापानी, बंगलादेशीसँगैसंयुक्त अरब इमिरेट्स (यूएई) का राजदूतावासले समाजिक सञ्जालमार्फत यमपञ्चक र यसबीचमा पर्ने चाडपर्वको अवसरमा शुभकामना दिएका छन् ।
यमपञ्चकमा विदेशी कूटनीतिक नियोगको शुभकामना

काठमाडौं, कात्तिक २२ : नेपालीहरुको महान चाड तिहारको अवसरमा नेपालस्थित विभिन्न विदेशी कूटनीतिक नियोगले शुभकामना दिएका छन् । दूतावासहरुले नेपालीको सुख, शान्ति, समृद्धिको कामना गरेका छन् । 

नेपालस्थित अमेरिकी, बेलायती, चिनियाँ, भारतीय, जापानी, बंगलादेशीसँगैसंयुक्त अरब इमिरेट्स (यूएई) का राजदूतावासले समाजिक सञ्जालमार्फत यमपञ्चक र यसबीचमा पर्ने चाडपर्वको अवसरमा शुभकामना दिएका छन् । 

नेपालस्थित अमेरिकी दूतावासले उज्यालो र उमङ्गको पर्व तिहार मनाइरहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीको कामना गरेको छ । बेलायती दूतावासले सबै जनावरसँगै कुकुरलाई अलि बढी माया गर्नुपर्ने बताएको छ । 

यसैगरी, नेपालस्थित चिनियाँ दूतावासले कुकुर तिहारको अवसरमा नेपालीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेको छ । दूतावासले सामाजिक सञ्जालमार्फत दूतावासका रक्षकका रूपमा रहेका दुई कुकुर ‘सन्नी’ र ‘स्लोकी’ को तस्बिरसमेत सार्वजनिक गरेको हो ।

यस्तै, संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावासले लक्ष्मी पूजा तथा कुकुर तिहारको अवसरमा नेपालीहरूको महान् पर्व तिहारले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्ने कामना गरेको हो ।

यस्तै, नेपालमा तिहार पर्वको रौनक चलिरहँदा नेपालस्थित जापानी दूतावासका प्रतिनिधिहरू पनि नेपालीहरूको यस सांस्कृतिक उत्सवमा सहभागी भएका छन् । 

दूतावासले सामाजिक सञ्जालमार्फत तिहार मनाउँदै गरेको सन्देश सार्वजनिक गर्दै उज्यालोको पर्वको सुन्दरता, खुसी र परम्पराको आनन्द लिइरहेको जनाएको छ ।

प्रकाशित मिति: १९:४९ बजे, आइतबार, कात्तिक २२, २०८३