भारतमा कोरोनाबाट ६ हजार वढीको मृत्यु २ लाख १६ हजार संक्रमित
काठमाडौं, जेठ २२ : भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २५९ जनाको मृत्यु भएसँगै भारतमा कोरो....

काठमाडौं, जेठ २२ : भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २५९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८८ पुगेको हो ।
एकै दिन ९ हजार ६३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा कुल संक्रमितको संख्या २ लाख १६ हजार ८२४ पुगेको छ ।
संक्रमितमध्ये १ लाख ४ हजार ७१ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०७:३६ बजे, बिहीबार, जेठ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











