Kathmandu Press

पृथ्वी राजमार्गमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नति कार्यका लागि सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ ।
पृथ्वी राजमार्गमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

काठमाडौं, कात्तिक १७ : पृथ्वी राजमार्गको मझिमटार खण्डमा आज पनि सवारी आवागमन बन्द हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नति कार्यका लागि सवारी आवागमन बन्द गर्न लागिएको जनाएको छ । 

प्रशासनका अनुसार, मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म सवारी आवागमन बन्द हुनेछ । 

यसअघि सोही कार्यका लागि सोमबार तीन घण्टा सवारी आवागमन बन्द गरिएको थियो । सोमबार काम नसकिएकाले आज पुनः सवारी आवागमन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ 

प्रकाशित मिति: ०७:५३ बजे, मंगलबार, कात्तिक १७, २०८३