देउवाले भने- जेठ २५ भित्रै कर तिनुपर्ने सरकारको ताकेताको भद्र अवज्ञा गरौं
काठमाडौं, जेठ २१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्न भन्दै सरकार गरेको ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन्।<....

काठमाडौं, जेठ २१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्न भन्दै सरकार गरेको ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन्।
बुधबार विज्ञप्ती निकाल्दै देउवाले सरकारी ताकेताको अवज्ञा गर्न आग्रह गरेका हुन्। देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोपसमेत लगाएका छन्।
आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न र नतिरे जरिवाना लाग्ने बताएको छ। तर, उद्योगी व्यापारीले भने यसको विरोध गरेका छन्।

प्रकाशित मिति: १४:३३ बजे, बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











