कर्णाली प्रदेशकाे थप १६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ २१ : कर्णाली प्रदेशमा थप १६ जना कोरोना संक्रमित भेटिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशा....

काठमाडौं, जेठ २१ : कर्णाली प्रदेशमा थप १६ जना कोरोना संक्रमित भेटिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप १६ जनामा संक्रमण पुष्टि भएको हो।
जसमध्ये दैलेखका ७, सल्यानका २ र कालिकोटका ७ जना रहेका छन्। कालिकोटका ७ संक्रमित मध्ये एक जना ४ महिना २८ दिनको शिशुसमेत रहेको सामाजिक विकास मन्त्रालय वीरेन्द्रनगर सुर्खेतले जनाएको छ।
प्रकाशित मिति: १४:१३ बजे, बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











