Kathmandu Press

लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे विज्ञसँग सुझाव लिँदै प्रधानमन्त्री

काठमाडौं, जेठ २१ : लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न प्रधानमन्त्री केपी शार्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुलाई बोल....

लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे विज्ञसँग सुझाव लिँदै प्रधानमन्त्री
फाइल फोटो

काठमाडौं, जेठ २१ : लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल गर्न प्रधानमन्त्री केपी शार्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा विज्ञहरुलाई बोलाएका छन्।

लकडाउनको मोडालिटी परिवर्तन गरी कोरोना भाइरसको संक्रमणको जोखिम कम भएका ठाउँमा व्यापार, व्यवसाय सञ्चालन गर्नेबारे प्रधानमन्त्रीले विज्ञसँग छलफल गर्न लागेका हुन्। छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद्, योजनाविद्, नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका उपायका बारेमा छलफल गर्न र लकडाउनको मोडालिटी परीवर्तन गर्नेबारे सुझाव लिनको लागि विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

प्रकाशित मिति: १३:३० बजे, बुधबार, जेठ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्