Kathmandu Press

कोरोना संक्रमण देखिएपछि जुम्लामा ३ दिन निषेधाज्ञा

जुम्ला, जेठ २१ : कोरोना भाइरसको संक्रमण देखिएपछि जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ल प्रशासन कार्यालयले बुधबार बिहान ९ ब....

कोरोना संक्रमण देखिएपछि जुम्लामा ३ दिन निषेधाज्ञा

जुम्ला, जेठ २१ : कोरोना भाइरसको संक्रमण देखिएपछि जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ।

जिल्ल प्रशासन कार्यालयले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए। भारतबाट फर्केका स्थानीय वासिन्दा र सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएपछि निषेधाज्ञा जारी गुर्न परेको उनको भनाइ छ।

समुदायमा स्तरमा संक्रमण फैलिन नदिन सतर्कता अपनाइएको जनाएको छ। तीन दिन कसैलाई पनि घरबाहिर ननिस्कन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, अत्यावश्यक सेवा भने खुलै रहनेछन्। औषधि पसल, औषधिको ढुवानी तथा विक्री वितरण नियमित सञ्चालन हुनेछन।

निषेधाज्ञाको अवज्ञा गरेको पाइएमा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी थापाले बताए।

प्रकाशित मिति: ११:२२ बजे, बुधबार, जेठ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्