बुढीगण्डकी नदीमा आएको बाढीले चार जलविद्युत् आयोजनामा क्षति
प्रारम्भिक विवरणअनुसार टाइम्स इनर्जी प्रालिद्वारा प्रवद्र्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ । साथै, केही निर्माण उपकरणसमेत बगाएको विवरणमा उल्लेख छ।
काठमाडौं, असोज २५ : बुढीगण्डकी नदीमा आएको बाढीका कारण निर्माणाधीन चार जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
बाढीले आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण, सामग्री, बेलिब्रिज तथा पहुँच सडकमा क्षति पुर्याएको छ।
प्रारम्भिक विवरणअनुसार टाइम्स इनर्जी प्रालिद्वारा प्रवद्र्धित ३४१ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ । साथै, केही निर्माण उपकरणसमेत बगाएको विवरणमा उल्लेख छ।
त्यसैगरी, २४।५ मेगावाट क्षमताको दोभान खोला जलविद्युत् आयोजना, ३०।५९ मेगावाट क्षमताको यारु खोला जलविद्युत् आयोजना र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा पनि क्षति पुगेको छ ।
बाढीका कारण केही आयोजनाका क्याम्प क्षेत्रका घरमा क्षति पुगेको, बेलिब्रिज बगाएको तथा केही पुलमा क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ । यस्तै, निर्माण सामग्री तथा उपकरण बगाएको र आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा पुलमा समेत क्षति पुगेको जनाइएको छ ।

![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)