Kathmandu Press

बुढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह

देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बुढीगण्डकी र त्रिशूली नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।
बुढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह

काठमाडौं, असाेज २५ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले नदी किनारका बस्तीमा पुर्याएको असरप्रति दुःख व्यक्त गरेका छन् ।

देउवाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बुढीगण्डकी र त्रिशूली नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘आज बिहान गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले नदि किनाराका वस्तीमा पारेको असरको खबरले दुःखीत भएको छु । बुढीगण्डकी र त्रिशूली नदी किनारका तटीय क्षेत्रमा रहेका सबै नागरिकलाई उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।’

उनले विपद्को यस समयमा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनुरोधसमेत गरेका छन् ।

बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण नदी किनारका बस्ती तथा विभिन्न भौतिक संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भइरहेका बेला देउवाले प्रभावित क्षेत्रका नागरिकको सुरक्षामा ध्यान दिन आग्रह गरेका हुन् ।

प्रकाशित मिति: १२:३६ बजे, आइतबार, असोज २५, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्