Kathmandu Press

बूढीगण्डकी बाढी : नेपाली सेनाले गर्यो ६ जनाको हवाई उद्धार

नेपाली सेनाका अनुसार बाढी र पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको उद्धार गरिएको हो।
बूढीगण्डकी बाढी : नेपाली सेनाले गर्यो ६ जनाको हवाई उद्धार

काठमाडौं, असाेज २५: बूढीगण्डकी नदीमा आएको बाढीपछि खोज तथा उद्धार कार्यमा खटिएको नेपाली सेनाले गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरेको छ ।

नेपाली सेनाका अनुसार बाढी र पहिरोको जोखिममा रहेको जगत क्षेत्रबाट हवाई साधनमार्फत ६ जनाको उद्धार गरिएको हो। उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको छ ।

त्यस्तै, काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमलाई समेत हवाईमार्फत उक्त क्षेत्रमा तैनाथ गरिएको नेपाली सेनाले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सेनाको टोली परिचालन गरिएको हो।

प्रकाशित मिति: ११:२७ बजे, आइतबार, असोज २५, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्