Kathmandu Press

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना जारी, कसले कति मत पाए ? 

पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२२९ मत  गणना भएको छ । जसमा खुला उपसभापतिमा चन्द्र भण्डारीले सबैभन्दा बढी ६४३ मत पाएका छन् । त्यस्तै मधु आचार्यले ३६२ मत पाएका छन् । तेस्रोमा रहेका गोविन्द भट्टराई ले ३०८ मत ल्याएका छन् । सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरूङले २२३, प्राध्याक डा. चन्द्र मोहन यादवले १२९ मत पाए । 
कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्रीको मतगणना जारी, कसले कति मत पाए ? 

काठमाडौं, असोज २५ : नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको मतगणना जारी छ । खुला उपसभापतिको दुई पद, समावेशी उपसभापतिको एक पद, खुला महामन्त्रीको दुई र महिला महामन्त्रीको एक पदको मतगणना अहिले भइरहेको छ। 

पछिल्लो अपडेट अनुसार अहिलेसम्म १२२९ मत  गणना भएको छ । जसमा खुला उपसभापतिमा चन्द्र भण्डारीले सबैभन्दा बढी ६४३ मत पाएका छन् । त्यस्तै मधु आचार्यले ३६२ मत पाएका छन् । तेस्रोमा रहेका गोविन्द भट्टराई ले ३०८ मत ल्याएका छन् । सुरेन्द्रराज पाण्डेले ३०५, दीपक गिरीले २४८, धनराज गुरूङले २२३, प्राध्याक डा. चन्द्र मोहन यादवले १२९ मत पाए । 

समावेशीतर्फको उपसभापति पदमा विनोद चौधरीले अग्रता लिएका छन्। उनले ३५७ मत पाउँदा जीवन परियारले ३००, फरमुल्लाह मन्सुरले १७७, सीता गुरूङले १५७, रन्जित कर्णले १०० मत पाएका छन् ।

महामन्त्रीको खुला दुई पदमा प्रदीप पौडैल र अमरसिंह पुन मगरले अग्रता लिएका छन् । पौडेलले ७२३ मत पाउँदा पुनमगरले ४५५ मत ल्याएका छन् । यस्तै उदयशमशेर राणाले ४१२, सुनिल शर्माले ३०९, गुरूराज घिमिरेले १७८, नैनसिंह महरले १३५, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत ल्याएका छन् ।

महिला महामन्त्रीमा डिला संग्रौला र महालक्ष्मी उपाध्याय डिनाबीच कडा प्रतिस्पर्धा देखिएको छ । संग्रौलाले ५३६ मत प्राप्त गर्दा उपाध्यायले ५१३ मत ल्याएकी छन् । रीता खनालले १४७ मत पाएकी छन्।

प्रकाशित मिति: ०८:०९ बजे, आइतबार, असोज २५, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्