गोरखाको चुमनुब्रीमा पहिरोले थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थाल्यो
प्राप्त जानकारीअनुसार आज बिहान ५ः३० बजे पहिरोका कारण बूढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो । लगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
गोरखा, असोज २५ : गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बूढीगण्डकी नदी पुनः बग्न थालेको छ । नदी थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको सूचना प्राप्त भएको नेपाल प्रहरीले जनाएको छ ।
प्राप्त जानकारीअनुसार आज बिहान ५ः३० बजे पहिरोका कारण बूढीगण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो । लगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो ।
नदी थुनिएपछि तटीय क्षेत्रमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै नदी किनारमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सतर्क गराइएको थियो । बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेको र त्यसपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको प्रहरप्ले जनाएको छ ।
क्षतिको विवरण आउन बाँकी
घटनाबाट भएको सम्भावित क्षतिबारे हालसम्म थप विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । बाढीले तटीय क्षेत्रमा पु¥याएको क्षति तथा मानवीय क्षतिबारे यकिन विवरण आउन बाँकी छ ।