Kathmandu Press

महान वर्व वडा दशैं शुरु, आज घटस्थापना 

घटस्थापनाका दिन घरघरमा जमरा राख्नुका साथै कलश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा छ । सुख, समृद्धि, ऐश्वर्य र मंगलको प्रतीकका रूपमा कलशलाई स्थापना गरी नवरात्रभर विशेष पूजा गर्ने गरिन्छ ।
महान वर्व वडा दशैं शुरु, आज घटस्थापना 

काठमाडौं, असोज २५ : नेपालीहरूको महान चाड बडादसैँको पहिलो दिन घटस्थापना देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै नवरात्रको विधिवत् आरम्भ हुन्छ ।

घटस्थापनाका दिन घरघरमा जमरा राख्नुका साथै कलश स्थापना गरी दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा छ । सुख, समृद्धि, ऐश्वर्य र मंगलको प्रतीकका रूपमा कलशलाई स्थापना गरी नवरात्रभर विशेष पूजा गर्ने गरिन्छ ।

घटस्थापनाका अवसरमा बिहानै शुद्ध स्थानमा विधिपूर्वक पूजा गरी माटो वा बालुवामा जौ छरेर जमरा राखिन्छ । त्यसपछि कलश स्थापना गरी देवी भगवतीको पूजा आराधना गरिन्छ ।

प्रकाशित मिति: ०७:५७ बजे, आइतबार, असोज २५, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्