Kathmandu Press

गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण 

काठमाडौँ, जेठ २१ : गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशको नवलपरासी (ब....

गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण 

काठमाडौँ, जेठ २१ : गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको बुलिङटार गाउँपालिका ठेगाना भै कपिलबस्तुको बाडगंगा नगरपालिका स्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका एक १६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

संक्रमितको अहिले चितवनको भरतपुमा रहेको कोरोना अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३८ पुगेको छ ।

प्रकाशित मिति: ०८:३२ बजे, बुधबार, जेठ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्