भारतमा ५८ सयाको मृत्यु, संक्रमितको संख्या २ लाख वढी
काठमाडौं, जेठ २१ : भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २२१ जनाको मृत्यु भएसँगै भारतमा....

काठमाडौं, जेठ २१ : भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ८ सयभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ८२९ पुगेको छ। यस्तै एकै दिन ८ हजार ८१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतमा कुल संक्रमितको संख्या २ लाख नाघेको छ । वर्ल्डोमिटर्सको बुधबार बिहानको तथ्याङकअनुसार २ लाख ७ हजार १८३ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १ लाख २८५ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: ०६:५५ बजे, बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











